दफा १७
आखेटोपहार अनुज्ञापत्र दिने अधिकारी समक्ष पेश गर्नु पर्ने
: (१) आफूले पाएको अनुज्ञापत्र बमोजिम आखेटोपहार प्राप्त गर्न व्यक्तिले त्यस्तो आखेटोपहार प्राप्त गरेको समयले बाटाको म्याद बाहेक चौबीस घण्टाभित्र अनुज्ञापत्र दिने अधिकारी वा निजले तोकेको अधिकारी समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम आफ्नो समक्ष पेश गरिएको आखेटोपहार अनुज्ञापत्र बमोजिम नै प्राप्त गरिएको हो भन्ने लागेमा अनुज्ञापत्र दिने अधिकारीले त्यसको लगत राखी तोकिए बमोजिमको निस्सा सहित त्यस्ता वन्यजन्तुको सम्पूर्ण शरीर वा अड्ड पेश गर्ने व्यक्तिलाई नै फिर्ता बुझाई दिनु पर्छ ।
तर शिकार गरिएको वन्यजन्तुको सम्पूर्ण शरीर वा अडु नेपाल सरकार लाग्ने शर्तमा अनुज्ञापत्र दिइएको रहेछ भने सोही शर्त बमोजिम हुनेछ ।